एमालेको प्रश्न वृद्धभत्ता ५ हजार किन नपु¥याएको ?

सरकारले वृद्धभत्ता ५ हजार नपु¥याएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘बजेट वितरणमुखी छ । यतिधेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था भए सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपु¥याएको ?’ उनले गत निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा वृद्धभत्ता ५ हजार पु¥याउने भएपनि अहिले सरकारमा हुँदा माओवादी जिम्मेवारीबाट भागेको आरोप लगाए ।
माओवादीप्रति प्रश्न उठाउँदै भने, ‘चुनावको घोषणापत्र ल्याउँदा एमाले र माओवादीको संयुक्त घोषणापत्र थियो । हामीले ५ बर्षमा ५ हजार पु¥याउने दाबी गरेका थियौँ । यति धेरै वितरणमुखी कार्यक्रम ल्याउँदा किन सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने जिम्मेवारीबाट भागेको ?’
प्रधानमन्त्री शेरबहादुर देउवा पहिला पनि ६५ वर्षको उमेर वृद्धभत्ता दिने पक्षमा रहेको उल्लेख गर्दै अहिले किन ६८ मा पुगेको भन्दै प्रश्न गरे । सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गर्दा न्यूनतम तलब भएकाहरुको समस्या समाधान गर्न नसक्ने औँल्याए ।
यस्तै, संसदमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्रीको ब्रिफकेस तोडफोड नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा आर्थिक वर्ष २०७९÷८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट बजेट पढ्न पाएको बताएका हुन् ।
उनले भने, ‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन । संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार